Breaking- सिरहामा पाँच किलो चांदी सहित दुई जना पक्राउ


जयनाथ यादव, सिरहा : लहानबाट भारततर्फ तस्करी गर्न लागेको ५ किलो चाँदीसहित दुई भारतीय युवकलाई ठाडी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको खुटौना पञ्चायतका रबि महतो र पिन्टु महतो छन् । उनी दुबै जनालाई चेकजाँचको क्रममा चाँदीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आवश्यक कारबाहीका लागि पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालयमा बुझाउने बताइएको छ ।

प्रकाशित : २०७८ भाद्र ३०, बुधबार १९:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ