पाँच महिनादेखि बन्द पाथिभरा मन्दिर भोलिदेखि खुल्ने


ताप्लेजुङ : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि बन्दा गरिएकाे पूजाआजा, ध्यान तथा प्रार्थना असाेज १ देखि खुल्ने भएकाे हाे ।

हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गते अर्थात् भोलीदेखि खुला गर्ने निर्णय भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिले आज (बुधवार) विज्ञप्ति जारी गर्दै आम भक्तजनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुला गरिएको जनाएको हाे ।

‘सङ्क्रमणको अवस्था सामान्य हुँदै गए पनि पूर्णरुपले हटिसकेको अवस्था छैन, त्यसैले मन्दिरको दर्शन एवम् पूजाआजाका लागि आउने भक्तजनलाई सरकारले लागू गरेका स्वास्थ्यका मापदण्ड पूर्णरुपले पालना गर्न अनुरोधसमेत गरेका छौँ,’ कार्यकारी निर्देशक काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ।

प्रकाशित : २०७८ भाद्र ३१, बिहीबार ०६:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ