माधव नेपालको पार्टी कार्यालयको मासिक भाडा ३ लाख २५ हजार


काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय नयाँ बानेश्वरस्थित आलोकनगरमा स्थापना गरिएको छ ।

पूजा थापा बस्नेतको घरमा स्थापना गरिएको कार्यालयको अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान उद्घाटन गरे । अध्यक्ष नेपालले अबको एक हप्ताभित्रमै मन्त्रिपरिषदले पूर्णता पाइसक्ने दाबी गरे ।

पत्रकारहरुले मन्त्रिपरिषदले कहिले पूर्णता पाउँछरु भनी गरेको प्रश्नमा अध्यक्ष नेपालले भने, ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्रै पूर्णता पाउनेछ ।’

१० कोठा रहेको उक्त भवनको मासिक भाडा तीन लाख २५ हजार रुपैयाँ रहेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । कानुनी रूपमा सम्पत्तिमा दाबी गर्न पाउने भन्ने उल्लेख नरहेकाले नेकपा (एमाले)को सम्पत्तिमा दाबी नगर्ने उनले बताए ।

प्रकाशित : २०७८ आश्विन १, शुक्रबार १२:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ