अहिलेको गठबन्धन टुट्दैन, ढुक्कसँग लेख्नुस् : प्रचण्ड


जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको लोकतान्त्रिक गठबन्धन चुनावसम्म नटुट्ने दावी गरेका छन् ।

जनकपुरमा प्रदेश स्तरीय नेतालाई प्रशिक्षण दिएपश्चत काठमाडौं फर्किने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘गठबन्धन बन्नै नदिन षड्यन्त्र भयो । तर बन्यो । अब चुनावसम्म टुट्दैन । ढुक्कसँग लेख्नुस् ।’

उनले प्राविधिक कारणले सरकार विस्तार हुन नसकेको भन्दै असोज ४ गतेपछि सरकार विस्तार हुने दावी पनि गरे । उनले संविधान संशोधन हुनुपर्नेमा पनि जोड दिएका छन् ।

प्रकाशित : २०७८ आश्विन २, शनिबार १७:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ