मधेसमा संविधान विरुद्ध ‘ब्ल्याक आउट’ गरियो


टुडेखोज, जनकपुरधाम : नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को आह्वानमा आज मधेसमा संविधान विरुद्ध ब्ल्याक आउट गरिएको छ ।

मधेसका अधिकांश जिल्लामा साँझ करिब १५ मिनेट ब्ल्याक आउट गरियो । जनकपुरमा ब्ल्याक आउटको समयमा पुरा अँध्यारो छायो । सडकमा गुडेको सवारीको लाइट मात्र बलेको देखियो ।

लोसपा नेता कार्यकर्ताहरुले सिटी फुकेर ब्ल्याक आउट गर्न आग्रह गरेका थिए । मधेसका जिल्लाहरुमा संविधान विरुद्धको प्रदर्शन र ब्ल्याक आउट कार्यक्रम सफल भएको दावी गरेका छन् ।

संविधानमा मधेसको मुद्दा सम्बोधन नगरिएको भन्दै विगत ६ वर्षदेखि मधेस केन्द्रीत दल विरोधको कार्यक्रम गर्दै आएको छ । तर मधेसको पक्षमा बोल्ने नेपाली काँग्रेस, एमाले र माओवादी पनि संविधान संशोधन गर्न चाहेका छैन ।

प्रकाशित : २०७८ आश्विन ३, आईतवार १९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ