मेयरलाई मुक्का हान्ने अनेरास्ववियुका कार्यकर्ता पक्राउ


काठमाडौं : बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् ।

सोमबार साँझ प्रहरीले मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई बुटवलबाट पक्राउ गरेको हो । पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पंगेनीले मुक्का प्रहार गरेका थिए ।

पहिरो प्रभावित ज्योतिनगरकै बासिन्दा पंगेनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् ।

लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी रहेका पंगेनीमाथि शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन ४, सोमबार २०:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ