मसला उद्योगी साह पक्राउ, यस्तो छ आयोग


पर्सा : अरूले संचालन गरेको उद्योगको ट्रेडमार्क र डिजाइन लेबल टाँस गरी प्रतिलिपि अधिकार ऐन विरुद्धको कसुर गर्ने एक जना पर्साबाट पक्राउ परेका छन् ।

बढी नाफा कमाउन सर्वसाधारण उपभोक्तालाई झुक्याउँदै अरूको उद्योगको ट्रेडमार्क र डिजाइन लेबल टाँस गर्नेलाई पर्सामा पक्राउ गरिएको हो । पक्राउ परेका वीरगन्ज महानगरपालिका ८ का रोहित साह कानु रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अधिक नाफा कमाउने उद्देश्यले वीरगन्ज २८ सवैठवामा रहेको ‘चट्कर बीएमपी स्पाइस’ उद्योगको ट्रेडमार्क र डिजाइन लेबल टाँस गरी कानुले बिक्री वितरण गर्दै उपभोक्ता ठगी गरेको भेटिएपछि पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

साहले संचालन गरेको उद्योग चाँहि अन्नपूर्ण मसला उद्योग रहेको प्रहरी नायव उपरीक्षक खनालले बताए । कानुनले संचालन गरेको अन्नपूर्ण मसला उद्योगमा रीतपूर्वक खानतलासी लिँदा चट्कर बीएमपी स्पाइसको लेबलिङ्ग गरेका ६ सय ५४ पोका तयारी मसला, तयारी गर्न बाँकी १० बोरा मसला, मसला पिस्ने मेशिन थान १ पनि र स्पाइसका स्टीकरहरू पनि अरु बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिलिपि अधिकार ऐन २०५९ अन्तर्गतको कसुर गरेको भेटिएपछि थप अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट पाँच दिनको म्यादसमेत थप गरी ल्याइएको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन ५, मंगलवार १८:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ