प्रदेश २ का काँग्रेस मन्त्री सिंहले कार्यकर्तालाई पिटे !


काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यतालाई लिएर प्रदेश नम्बर २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीका नेता तथा कार्यकर्तालाई हातपात गर्नुको साथै दुव्र्यहार गरेका छन् ।

सदस्यताको विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपामा मन्त्री सिंहलेले नेता तथा कार्यकर्ता माथि दुव्र्यवहार गरेका हुन् । सर्लाही–४(क)बाट प्रदेशसभा सदस्य निर्वाचित सिंह पार्टी केन्द्रीय कार्यालय पुगेका थिए ।

सदस्यताका विषयमा विवाद उत्पन्न भएपछि उनलाई पार्टीका अन्य नेताहरूले मन्त्री जस्तो मान्छे यस्तो गर्ने हो भन्दै त्यहाँ रहेका अन्यले रोकेका थिए । मन्त्री साहले कार्यकर्तामाथि गरेको कुटपिट र गालीगलौजको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ ।

सदस्यताको विषयमा समस्या उत्पन्न भएपछि केही समयअघि प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामाको घोषणासहित पत्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका थिए । त्यहाँको सदस्यता विवाद अझै सुल्झेको छैन । – नागरिक दैनिक

प्रकाशित : २०७८ आश्विन ६, बुधबार १०:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ