लाखौं रुपैयाँसहित १७ जुवाडे पक्राउ


झापा : झापाको दमक नगरपालिका-१ मा जुवा खेलिरहका १७ जनालाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको छ ।जुवाडेहरूबाट ४ लाख २७ हजार ६ सय रुपैयाँ बरामद भएको हो ।

मंगलबार राति करिब साढे ११ बजे इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक-१ का हिमाल देवानको घरमा जुवा खेलिरहेका उनीहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाका अनुसरा उनीहरुको साथबाट १६ थान कौडा पनि बरामद गरिएको छ ।

पक्राउ पर्नेहरूमा झापा भद्रपुर नगरपालिका युवराज न्यौपाने, दिलबहादुर राई र ठाकुरप्रसाद निरौला, बिर्तामोडका तिर्थ अधिकारी, गौरादहका हरि कोइराला, कमल गाउँपलिकाका सुबिन्द्र सुब्बा, कन्काईका मोहन बराल र सुनिल साह रहेका छन् ।

त्यस्तै मोरङ ग्रामथान गाउँपालिकाका लक्ष्मीप्रसाद अधिकारी, नैनकुमार चौधरी, रुपेश तामाङ, पथरी शनिश्चरेका बलराम बस्नेत, गंगाराम मगर, बेलबारीका निशान पोखरेल, दमकका कर्ण राई, राजन दाहाल र विनोद थेबे रहेका छन्।

प्रकाशित : २०७८ आश्विन ६, बुधबार १२:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ