बर्दिवास नगरपालिकामा बेतिथि : सेनिटरी प्याडमै १२ लाखको अनियमिता


टुडेखोज, महोत्तरी : बर्दिबास नगरपालिकाले सेनिटरी प्याड वितरणमा अनियमितता गरेको पाइएको छ । पालिकाले विद्यालयमा अध्ययनरत छात्रालाई वितरण गरेको सेनेटरी प्याडमा अनियमितता गरेका महालेखाको परिक्षणमा देखिएको हो ।

प्रतिवेदनमा १२ लाख ३५ हजार ९ सय ८० रुपैयाँ बिना कागजात निकसा गरेको उल्लेख गरिएको छ । नगरको विभिन्न विद्यालयलाई ३९ हजार ६ सय ३० सेनिटरी प्याड हस्तान्तरण गरेको थियो । पालिकाले विद्यालयलाई उपलब्ध गराई छात्राले बुझेको भरपाई समेत नबुझाई कमजोरी औल्याइएको छ ।

प्रतिवेदनमा विद्यार्थीहरुलाई बुझाएको भरपाई पेश गर्नु पर्ने भनिएको छ । पालिकाले विद्यार्थीको नाममा भ्रष्टाचार गरेको स्थानीयको आरोप छ । उक्त पालिकामा अन्य शिर्षकमा पनि व्यापक रकम अनियमितता भएको छ ।

यसयघि पालिकाले विकास निर्माणको काममा अनियमतिता गरेको भन्दै नगर प्रमुख विदुर कार्कीको चर्को आलोचना भएको थियो । मेयर कार्कीले आफू र कर्मचारी मिलेर गर्ने अनियमितता लुकाउन बर्दिबासका केहि पत्रकारलाई पालिरहेका छन् । स्रोतका अनुसार मेयरले पत्रकारलाई ल्यापटप समेत बाँडेका हुन् ।

प्रकाशित : २०७८ आश्विन ६, बुधबार १६:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ