त्रिशूलीमा खस्यो कार : श्रीमान– श्रीमतीसहित ३ जना बेपत्ता, एक घाईते


चितवन : चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । एक जना घाइते पनि भएका हुन् ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार बिहीबार राति पौने १२ बजे त्रिशुलीमा खसेको हो । कार अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर आएपछि खोजी कार्य शुरु गरेको भएपनि तीन जना अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कारसहित चालक पोखरा १७ का प्रेमबहादुर भुजेल, सोही ठाउँका लेखबहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल बेपत्ता भएका हुन् ।

कारमा सवार पोखरा १७ कै ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते भएका छन् । घाइते सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन ८, शुक्रबार ०७:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ