वाइसिएललाई सुरजको चुनौती : ताकत छ भने एमालेका जिल्ला नेतालाई नै लखेटेर देखाउ


टुडेखोज, जनकपुरधाम : राष्ट्रिय यूवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजीव झा ‘सुरज’ले एमाले नेतालाई लखेटेको भनेर माओवादीका भरौटै वाइसिएलले भ्रम फैलाइरहेकोमा आपत्ति जनाएका छन् ।

बिहीवार जनकपुरमा आयोजित यूवा संघमा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष सुरजले एमालेका जिल्ला नेतालाई पनि लखेट्ने ताकत वाइसिलसँग नभएको बताए । उनले ताकत छ भने एमालेका जिल्ला नेतालाई लखेटेर देखाउन चुनौती समेत दिए ।

उनले वाइसिएलको जनिनमा अस्तित्व नरहेको र कोठाभित्र लुकेर समाजिक संजालमा भ्रम फैलाइरहेको बताए । उनले वाईसीएल र माकुनेको युवा भरौटेहरु लाई अनावश्यक भ्रम नफैलाउन सचेत समेत गराए । युवा संघ नेपालले सम्झाउनु पर्ने स्थिती आयो भने धेरै गार्हो हुन्छ– उनले थपे ।

उनले एमाले नेता महेश बस्नेतलाई त के एउटा जिल्ला नेतालाई लखेट्ने प्रयास भयो भने देशभर माओवादी नेताहरुलाई कुनै एयरपोर्टमा ल्याण्ड समेत गर्न नदिने वाइसिएललाई चेतावनी दिए । एमालेका यूवा संगठन यूवा संघमा बिहीवार जनकपुरका सयौं यूवा प्रवेश गरे ।

प्रकाशित : २०७८ आश्विन ८, शुक्रबार ०९:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ