महोत्तरीबाट भारतीय रुपैयाँसहित एक जना पक्राउ


महोत्तरी, १४ असोज । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डमा पर्ने खैरा चोकबाट आज प्रहरीले स्रोत नखुलेको चार लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३८ वर्षीय कैलाश साह रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । बडादशैँको मौका छोपी नेपाली र भारतीय रुपैयाँको अवैध सटही कारोवार भइरहेकाले साहलाई पक्राउ गरिएको हो ।

“रकमको स्रोत नखुलेकाले पक्राउ गरिएको हो”, अधिकारीले भन्नुभयो । साहलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाइएको छ ।

प्रकाशित : २०७६ आश्विन १४, मंगलवार १७:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ