सिरहामा मोबाइल चोर भन्दै युवकलाई बाँधेर रामधुलाई


टुडेखोज, सिरहा : मोवाइल चोर भन्दै सिरहाको मिर्चैयामा एक यूवकलाई आज रामधुलाई (पिटपाट) गरेको छ ।

मोबाइल चोरी गरिरहेकै अवस्थामा उदयपुरको कटारी नगरपालिका ४ का यूवक सञ्जु श्रेष्ठलाई पक्रेर मिर्चैयावासीले रामधुलाई गरेका हुन् । डोरीले हातखुट्टा बाँधेर स्थानीयले रामधुलाई गरेको र त्यसपछि प्रहरीको जिम्मा लगाएका छन् ।

श्रेष्ठको साथबाट चोरीका तीन थान मोबाइल समेत बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको पनि बताए ।

श्रेष्ठ पेशेबर चोर रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीमाथि चोरी कसुरमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन ८, शुक्रबार १५:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ