धनुषा : कमिशन नपाएपछि मेयर दासले कर्मचारीलाई कुट्न लगाए


टुडेखोज, जनकपुरधाम : कमिशनको विवादमा धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासले एक कर्मचारीलाई कुट्न लगाएको घटना सार्वजनिक भएको छ ।

आज कार्यालयमै बाली विकास अधिकृत चन्देश्वर ठाकुरमाथि मेयर दासको निर्देशनमा शत्रुधन राय र अंगद रायले कुटपि’ट गरेका हुन् । प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत ४७ लाखको विभिन्न कार्यक्रम उक्त नगरपालिकामा सञ्चालन भएको थियो । सो बजेटमा १२ लाख कमिशन मागेको र नदिएपछि आफूलाई मेयरकै निर्देशनमा शत्रुधन र अंगलले कुटपि’ट गरेको कर्मचारी ठाकुरले गुनासो गरे ।

उनले टुडेखोजसँग भने, ‘तीन वर्ष अगाडीको पेश्की ममाथि बाँकी छ । त्यो पेश्की फछ्र्योट गरिदिन आग्रह गरेकै बेला मेयर दासले खुट्टाले हिड्काउनुभयो । त्यसलगत्तै शत्रुधन र अंगदले पनि कुट्नुभो ।’ घटना विषयमा कार्यकारी अधिकृत सञ्जिव साहलाई जानकारी गराएपनि केहि वास्ता नगरेको उनको गुनासो छ ।

उनले घटनालगत्तै धनुषाका प्रहरीमा पनि जानकारी गराएका छन् । मेयर दास, अधिकृत साह, शत्रुधन र अंगदविरुद्ध प्रहरीमा किटानी जाहेरी दिने उनको भनाई छ । मेयर दासकै निगरानी तथा समन्वयमा सबै कार्यक्रम भएपनि अहिले कमिशन माग्न थालेपछि कहाँबाट दिनु ? उनको प्रश्न छ ।

यता, मेयर दासले कर्मचारी ठाकुरले लगाएको आरोप झुठो रहेको दावी गरेका छन् । उनले कुटपि’ट नगरेको र दमकल किसानलाई वितरण नभएको कुरा सोधेपछि सामान्य विवाद मात्र भएको बताए ।

प्रकाशित : २०७८ आश्विन ८, शुक्रबार १८:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ