प्रदेश २ : ८३ किलो गाँ’जासहित एक युवक पक्राउ


जनकपुरधाम : बारा प्रहरीले गाँ’जासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका १६ टाँगिया बस्तीका रुक बहादुर रुम्बा छन् ।

पूर्व–पश्चिम राजमार्गबाट बाराको काठघाट जाने सडक खण्डमा गाँ’जा बोकी आइरहेका तस्क’रहरुको समूहले प्रहरीलाई देख्नासाथ पिठ्यूँमा बोकेको गाँ’जा छाडेर भागेका थिए ।उनीहरुमध्ये रुम्बा पक्राउ परेको छन् ।

अन्य तस्क’रहरु भने फरार भएको बताइएको छ । बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले तस्करहरुले फालेको चार बोरामा रहेको ८३ किलो गाँ’जासहित बा ३७ प ९६८१ नम्बरको एक थान मोटरसाइकल पनि बरामद भएको जानकारी दिए ।

उनका अनुसार फरार भएकाहरुको खोजी कार्य भइरहेको छ । पक्राउ परेका रुम्बामाथि आवश्यक अनुसन्धान तथा कारबाही अगाडी बढाइएको छ । पछिल्लो समय प्रदेश २ मा गाँ’जाको कारोबार बढेको छ ।

प्रकाशित : २०७८ आश्विन ९, शनिबार १७:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ