सर्लाहीमा सात महिने शिशु र युवकको लाश भेटियो


टुडेखोज, जनकपुरधाम : सर्लाहीमा शनिवार एकैदिन दुई लाश (शव) फेला परेको छ । सदरमुकाम मलङ्गवामा सातमहिने शिशु र एक युवकको लाश फेला परेको हो ।

मलङ्गवा नगरपालिका ४ स्थित सार्वजनिक पोखरीमा सातमहिने शिशु मृत फेला परेको छ । यस्तै मलङ्गवा नगरपालिका ७ स्थित नहरमा अन्दाजी ४० वर्षीय एक युवकको लाश फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले शिशुको लाश देखेपछि प्रहरीलाई खबर गरेको थियो । उक्त शिशु कसको रहेको विषयमा केहि खुल्न सकेका छैन । प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । यता मृत फेला परेको युवकको पहिचान नै खुल्न सकेका छैन ।

ति युवक र शिशुको लाश अहिले मलङ्गवा अस्पतालमा राखिएको छ । दुवै घटना विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन ९, शनिबार १९:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ