सिरहा, महोत्तरीसहित ५ जिल्लाको काँग्रेस क्रियाशील सदस्यता सार्वजनिक


काठमाडौं : नेपाली कांग्रेसले विवादित १३ जिल्लामध्ये ५ जिल्लाको क्रियाशील सदस्यताको शनिवार सूची सार्वजनिक गरेको छ ।

निर्वाचन समितिमार्फत डोल्पा, सुर्खेत, बाँके,महोत्तरी र सिराहाको क्रियाशील सदस्यता सूची सार्वजनिक भएको हो । अझै ८ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुन बाँकी छन् ।

कांग्रेसमा ६४ जिल्लामा वडा र नगर अधिवेशन प्रारम्भ भइसकेका छन् । क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी जिल्लामा सप्तरी, धनुषा,सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा र कैलाली रहेका छन् ।

प्रकाशित : २०७८ आश्विन १०, आईतवार १०:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ