इजरायल रोजगारीः १६ सय जनाको नाम सिफारिस (रोल नम्बरसहित)


काठमाडौं : इजरायलमा केयरगिभरमा जान भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये १६ सय जना अर्को चरणको लागि सिफारिस भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले असोज ४ देखि ९ गतेसम्म लिएको अन्तर्वार्ताबाट १६ सय जना छनोट गरी नेपालस्थित इजरायली दूतावासलाई नामावली बुझाएको छ ।

रोजगारका लागि इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । त्यसमध्ये ६ हजार ३९७ जना लिखित परीक्षामा सहभागी भएकोमा १ हजार ३९५ जना महिला र ६ सय ४४ पुरुष गरी कुल २ हजार ३९ जनाले अंग्रेजी भाषा परीक्षा पास गरेका थिए । अन्तर्वार्तामा १८ सय तीनजना सहभागी भएका थिए ।

अन्तर्वार्ताबाट ११ सय २० जना महिला र ४८० जना पुरुष गरी १६ सय जनाको नाम सिफारिस भएको विभागले जनाएको छ । सिफारिसमा परेका १६ सयलाई इजरायल सरकारले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्नेछ ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुसारे (केयरगिभर)का लागि नेपाली सहायक कामदार पठाउन लागेको हो । यो प्रक्रिया नेपाल सरकार र इजरायल सरकारबीच जिटुजी मोडलबाट भएको हो ।

प्रकाशित : २०७८ आश्विन १०, आईतवार १०:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ