कहिले आउँदैछ कक्षा १२ को रिजल्ट ?


काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको रिजल्ट तिहारपछि मात्र प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले तिहारपछि रिजल्ट प्रकाशित गर्ने योजनासहित उत्तरपुस्तिका परीक्षणको काम सुरु गरेको जानकारी दिए ।

कोभिड–१९ ले रोकिएको परीक्षा गत भदौ ३० गतेदेखि सुरु भई गत शुक्रबार सकिएको थियो । ‘उत्तरपुस्तिका परीक्षण सुरु भएको छ,’ अध्यक्ष पौडेलले भने, ‘तिहार पछाडि रिजल्ट प्रकाशित गर्ने हाम्रो लक्ष्य छ ।’

उनका अनुसार सम्भवतः सबै उत्तरपुस्तिका जाँच गर्ने काम सकिएमा कात्तिक महिनाभित्रै रिजल्ट प्रकाशित गरिनेछ । करिब ४ लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका छन् । बोर्डले परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गरेको थियो ।

प्रकाशित : २०७८ आश्विन १०, आईतवार १४:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ