जनकपुर : लोसपा संसदीय दलको पहिलो बैठक नै स्थगित


टुडेखोज, जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको पहिलो बैठक नै स्थगित भएको छ । आज दिउँसो २ बजेकै लागि बैठक बोलाइएको थियो ।

बैठकस्थल जनकपुरस्थित सिटी स्टारमा लोसपा अध्यक्ष महन्थ ठाकुर र साँसदहरु करिब ५ बजे पुगेका थिए । त्यहाँ लोसपा संसदीय दलका विद्यान सबैलाई बाँडियो । तर बैठक औपचारिक रुपमा सुरु भएन ।

साँसद प्रमेश्वर साहले अध्ययनका लागि विद्यान बाँडिएको र भोली विद्यान पारित पश्चात संसदीय दलका नेता चयन हुने बताए । दलका नेता साँसद जितेन्द्र सोनल बन्ने सम्भावना बलियो छ । यद्दपी केहि अन्य साँसदले पनि दलका नेतामा दावी गरेका छन् ।

प्रदेश २ सभामा लोसपाका १६ साँसद रहेका छन् । दलका नेता चयन गर्न अध्यक्ष ठाकुर र बरिष्ट नेता राजेन्द्र महतो जनकपुरमै बसेका हुन् । बैठक अध्यक्ष ठाकुरको प्रमुख आतिथ्यामा हुने बताइएको छ ।

प्रकाशित : २०७८ आश्विन १०, आईतवार १९:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ