शहिदनगरमा निःशुल्क स्वास्थ्य शिविर : ५ सयभन्दा बढी लाभान्वित


टुडेखोज, जनकपुरधाम : जानकी मेडिकल शिक्षण अस्पतालले शहिदनगर नगरपालिकास्थित डुमरियामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५ सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।

धनुषाको पूर्वी क्षेत्रमा नेपाल भारत सीमा नजिक पर्ने शहीदनगर नगरपालिकाको विकट क्षेत्रमा पर्ने वडा नम्बर ८ डुमरियाका ५ सय ५० जना स्थानीयलाई स्वास्थ्य उपचार सेवा दिइएको छ । वडा नम्बर ८का वडाध्यक्ष तनुकलाल कुसियैतको उपस्थितिमा त्यहाँका स्थानीयलाई जानकी मेडिकल शिक्षण अस्पतालका चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

डा. राकेश यादवका अनुसार सो स्वास्थ्य शिविरमा गाइनो, सर्जरी, बालरोग लगायतका बिरामीहरुलाई उपचार सेवा प्रदान गरिएको थियो । निःशुल्क रुपमा आयोजना गरिएको सो शिविरमा स्वास्थ्य उपचार सेवाका साथै उपलब्ध औषधीहरु समेत दिइएको थियो ।

शिविरमा गाइनो विशेषज्ञ चिकित्सक चन्द्ररेखा इसार, सर्जरीका चिकित्सक रोविन प्रताप साह, बालरोग विशेषज्ञ चिकित्सक दीपकराज पौडेल लगायतका चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

प्रकाशित : २०७८ आश्विन ११, सोमबार १७:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ