निलम्बित सहसचिव शर्मा ५० लाख रुपैयाँ धरौटीमा छुटे


काठमाडौं : निलम्बित सहसचिव चुडामणि शर्मा ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट रिहा भएका छन् । सोमबार विशेषले मागेअनुसार ५० लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

कर फछ्र्यौट आयोगको सदस्य सचिव हुँदा व्यवसायीलाई गैरकानुनी रुपमा लाभ पुग्ने कर छुट दिएको अभियोग लागेका शर्मा सोमबार अदालतमा हाजिर भएका थिए । उनलाई थुनछेक बहसपछि ५० लाख रुपैयाँ धरौटी मागिएको थियो ।

न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा उनको बयान भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध एक अर्ब ३३ लाख रुपैयाँ बिगो दाबी गर्दै २०७८ असार ९ गते मुद्दा दर्ता गरेको थियो ।

आयोगले समेत तीन जनाविरुद्ध विशेष अदालतमा दोस्रो मुद्दा दर्ता गरेको थियो । अभियोगपत्रमा शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई प्रतिवादी बनाइएको थियो ।

प्रकाशित : २०७८ आश्विन ११, सोमबार १८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ