काँग्रेसबाट को को बन्दैछन् मन्त्री ? हेर्नुस्


काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । उहाँले सम्भवतः आजै मन्त्रिपरिषद विस्तार गर्नुहुने उहाँको सचिवालय स्रोतले जनाएको छ ।

नेपाली काँग्रेसले पनि थप मन्त्रीको टुङ्गो लगाइसकेको स्रोतले बतायो । सत्ता गठबन्धन आबद्ध दलहरूबीच भएको सहमतिअनुसार नेपाली कांग्रेसको भागमा सात मन्त्रालय परेको छ । कांग्रेसबाट हाल सरकारमा गृहमन्त्री बालकृष्ण खाँण,कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जिम्मेवारी पाइसक्नुभएको छ ।

अब कांग्रेसको भागमा तीन फुल मन्त्री बाँकी छ । जसमा कांग्रेसभित्रको रामचन्द्र पौडेल समूहबाट दिलेन्द्र बडु मन्त्री बन्ने पक्का जस्तै छ । यस्तै, सो समूहबाटै कांग्रेस महामन्त्री रहेका डा शशांक कोइरालानिकट नेता डा मीनेन्द्र रिजाललाई पनि मन्त्री बनाइँदै छ ।

यसैगरी, कांग्रेसभित्रको कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको तेस्रो धारबाट नेता भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्नेछन् । यस्तै, प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्री रहेका श्रेष्ठलाई राज्यमन्त्रीकै जिम्मेवारीमा राखे सो समूहबाट पुष्पा भुषालको पनि मन्त्री बन्ने सम्भावना छ ।

प्रकाशित : २०७८ आश्विन १२, मंगलवार ०७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ