ट्रकको ठक्करबाट आमा- छोराको मृत्यु


टुडेखोज, बुटवल : पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करबाट घाईते आमा–छोराको उपचारको क्रममा मृत्यू भएको छ ।

मृत्यु हुनेमा सैनामैना ५ की ४२ वर्षीया राधा भट्टराई र उनका छोरा २२ वर्षीय महेश भट्टराई रहेका छन् । पश्चिमबाट आएको ना ८ ख ४४११ नम्बरको ट्रकले आमा–छोरालाई ठक्कर दिएर घाईते बनाएको थियो ।

प्रहरीका अनुसार सैनामैनाको बुद्धनगर प्रतिक्षालयमा गाडी कुरेर बसेका बेला ट्रकले आमा–छोरालाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।

 

प्रकाशित : २०७८ आश्विन १२, मंगलवार ०८:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ