बस र विङ्गर ठोकिँदा नौ जना घाइते, चार जनाको अबस्था गम्भीर


कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा आज विहान यात्रुबाहक बस र विङ्गर गाडी ठोकिँदा नौ जना यात्रु घाइते भएका छन् ।

रुकुमबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा ४ ख २४४८ नम्बरको बस र लु १ ज ३००६ नम्बरको विङ्गर मंगलवार विहान ५ः३० बजे ठोकिएका थिए । दुर्घटनामा परी नौ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा विङ्गर चालक बाणगंगा नगरपालिका ८ का वर्ष २३ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक रहेका छन् । यसै गरी बसमा सवार रुकुमका वर्ष २४ का पवन घर्ति मगर र वर्ष २३ का अर्जुन बुढा मगर अवस्था समेत गम्भीर रहेको छ ।

अवस्था गम्भीर रहेकाहरुको थप उपचारको लागि बुटवल लगिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । उनका अनुसार सामान्य घाइतेको कपिलवस्तु सामुदायीक अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित : २०७८ आश्विन १२, मंगलवार १०:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ