जनकपुरमा आगलगीबाट कपडा पसल जल्यो, करोडौंको क्षति


टुडेखोज, जनकपुरधाम : जनकपुरमा आगलगीबाट एक कपडा पसल जलेर खरानी बनेको छ । अस्ताल रोडमा रहेको महाराणी बस्त्रालयमा आज मध्यान्ह आगलगी भएको हो ।

विद्युत सर्ट भएर बस्त्रालयमा आगो लागेपछि करोडौंको क्षति भएको छ । सबै कपडा र फर्निचर समेत जलेर नष्ट भएपछि करिब २ करोडको क्षति भएको बस्त्रालयका प्रोपराइटर उमाकान्त चौधरीले जानकारी दिए ।

आगलगी स्थानीयले बारुण यन्त्रणको सहयोगमा नियन्त्रणमा लिएको छ । बस्त्रालय खोलेर चौधरी पूजा गर्न मन्दिर पुगेका थिए । तर फर्केपछि बस्त्रालयमा आगो लागिसकेको थियो ।

जनकपुरमा पटक पटक आगलगीका घटना हुन्छ । तर समयमा बारुण यन्त्र नपुग्दा बढी क्षति हुने गरेको स्थानीय बताउँछन् । पछिल्लो समय विद्युत सर्ट भएर आगो लाग्ने घट्न बढेको छ ।

प्रकाशित : २०७८ आश्विन १२, मंगलवार १४:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ