लोसपाका युवाले गरे चीनविरुद्ध प्रदर्शन


काठमाडौं : चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट विद्यार्थी संगठनले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

लोकतान्त्रिक युवा संघ केन्द्रिय समितिले आज माइतीघरमा नेपाली भूमी मिचेको भन्दै विरोध प्रर्दशन गरेका हुन् । चीनद्वारा नेपाली भूमि अतिक्रमण सम्बन्धी छानविन समितिको रिपोर्ट सार्वजनिक गर्न माग गरेका छन् ।

साथै कोरोना महामारीका कारण स्वदेश फर्केर जान नपाएका चीनमा चिकित्साशास्त्रलगायतका विषय पढिरहेका नेपाली विद्यार्थीको विषयमा पनि उनीहरुले ध्यानाकर्षण गराएका छन् ।

सोमवार काठमाडौंमा राष्ट्रिय एकता अभियानले पनि चीनविरुद्ध प्रदर्शन गरे । प्रदर्शनमा सहभागीहरुले चीनियाँ राष्ट्रपति सि जिनपिङको फोटो समेत जलाएको थियो । अभियानले चीनविरुद्ध निरन्तर आन्दोलन गर्दै आएको छ ।

प्रकाशित : २०७८ आश्विन १२, मंगलवार १५:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ