जनकपुरका पत्रकार ‘क्रान्ति’लाई उत्कृष्ट सूचना अभियन्ता पुरस्कार


टुडेखोज, जनकपुरधाम : झण्डै एक दशकदेखि सूचना अभियन्ताको रुपमा समेत सक्रिय रहेका पत्रकार शैलेन्द्र महतो ‘क्रान्ति’ राष्ट्रिय सूचना आयोगबाट पुरस्कृत भएका छन् ।

जनकपुर क्षेत्रमा सूचना अभियन्ताको रुपमा सक्रिय पत्रकार क्रान्तिलाई आयोगले मंगलबार अन्तराष्ट्रिय सूचना दिवसको अवसरमा नगद ३५ हजार राशीको ‘विनयकसज’ उत्कृष्ट अभियन्ता पुरस्कार २०७८, प्रदान गरेको हो । राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमल्सिना र राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले संयुक्त रुपमा दोसल्ला र प्रमाण पत्रसहित पत्रकार क्रान्तिलाई पुरस्कार प्रदान गरे ।

पुरस्कृत क्रान्ति नेपालखबर तथा टुडेपाटीमा कार्यरत छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुर क्षेत्रमा प्रदेश सरकार, प्रशासन लगायत विभिन्न सरकारी तथा सार्वजनिक निकायबाट सूचनाको हक प्रयोग गरि सूचना माग्ने र समाचार मार्फत बाहिर ल्याउन सक्रिय छन् ।

उत्कृष्ट सूचना अभियन्ता क्रान्तिसहित ५ जना, उत्कट सूचना अधिकारी ५ जना र उत्कृष्ट ३ जना कर्मचारीलगायत १३ जनालाई राष्ट्रिय सूचना आयोगले पुरस्कृत गरेको छ । आयोगले हरेक वर्ष उत्कृष्ट सूचना अभियन्तालाई सम्मान गर्छ ।

प्रकाशित : २०७८ आश्विन १२, मंगलवार १८:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ