जनकपुरमा राजर्षी जनक विश्वविद्यालयका विद्यार्थीद्वारा प्रदर्शन


टुडेखोज, जनकपुरधाम : राजर्षी जनक विश्वविद्यालय अन्तर्गत रहेका क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरु मंगलवार जनकपुरको शिव चोकमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा उत्रेका विद्यार्थीहरु विश्वविद्यालयका उपकुलपति भरत झा र क्याम्पस प्रमुख बिनायक झाको पुत्ला समेत जलाए । विगत ५ दिनदेखि आन्दोलन गरेपनि माग सम्बोधन गर्न चासो नदेखाएपछि विश्वविद्यालयका उपकुलपति र क्याम्पस प्रमुखको पुत्ला जलाउन बाध्य भएको उनीहरुले बताएका छन् ।

भौतिक रुपमा कक्षा सञ्चालन गर्नुपर्ने उनीहरुको मुख्य माग रहेको छ । माग पुरा नभए आन्दोलनलाई निरन्तरता दिने विद्यार्थी आनन्द सिंहले बताए । क्याम्पसले अनलाइन क्लास गराएर अफलाइनको शुल्क लिएको पनि उनको गुनासो छ ।

राजर्षी जनक विश्वविद्यालयका पेपर कन्ट्राक्ट शिक्षकहरु पनि करार नियुक्ति माग्दै विगत लामो समयदेखि आन्दोलन गरिरहेका छन् । यद्दपी उनीहरुको माग अझै पुरा हुन सकेको छैन ।

प्रकाशित : २०७८ आश्विन १२, मंगलवार २०:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ