रौतहटमा जनता आवास कार्यक्रम विरुद्ध दलितहरुको प्रदर्शन


रौतहट : जनता आवास कार्यक्रमको कार्यान्वयन पक्ष कमजोर भएर आफूहरुले दुख पाएको भन्दै दलितहरुले रौतहटमा विरोध प्रदर्शन गरेका छ्न । दलित संर्घष समितिले गौरमा विरोध र्याली कार्यक्रम सम्पन्न गरेको छ ।

जनता आवास अन्तर्गतका घरको उचित व्यवस्था नभएका कारण हजारौँका दलित पीडित बन्न पुगेका छन् । जनता आवास अन्तर्गत करोडौँ रकम प्रदेश सरकार, स्थानीय सरकारमा आउने गरेको भए पनि स्थानीय सरकारले सो रकम वितरण नगरेर रकम फ्रिज बनाएको भन्दै दलितहरुले प्रदर्शन गरेका हुन् ।

जनता आवास कार्यक्रम अन्तर्गत दलित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ज्ञापन पत्र समेत बुझाएको छ । जनता आवास कार्यालय रौतहटले दलितलाई तीन खण्ड गरि चरणवद्ध रुपले पैसा दिने भनेर नदिएका कारणले आज गौरमा हजारौँ दलित भेला भएको दलित संघर्ष समितिका अध्यक्ष रामनाथ माझीले बताए ।

रामनाथ माझीको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहा, मौलापुर नगरप्रमुख रिनादेवी लगायत अन्य जनप्रतिधिको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७८ आश्विन १२, मंगलवार २२:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ