प्रदेश २ः गाउँपालिकामा अख्तियारको छापा, शंकास्पद कागजात नियन्त्रणमा


वीरगञ्ज : पर्साको कालिकामाई गाउँपालिकामा अख्तियारको टोलीले छापामारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले मंगलवार गाउँपालिकामा छापा मारेको हो ।

कर्मचारी र जनप्रतिनिधिहरुले ब्यापक भ्रष्टाचार गरेको समाचारहरु बिभिन्न सञ्चार माध्यममा प्रकाशन भएको तथा लिखित उजुरी परेपछि अख्तियारको टोली छानविन गर्न गाउँपालिका कार्यालयमा छापामारी गरेको बुझिएको छ । टोलीले शंकास्पद योजना तथा कार्यक्रमहरुको कागजात आफ्नो नियन्त्रणमा लिनुको साथै संचालन भएको योजनाहरुको स्थलगत अवलोकन समेत गरेको छ ।

टोलीले कार्यालयका कर्मचारीहरुसँग सोधपुछ गर्नुको साथै तीन दिनको अवधीमा कार्यालयबाट संचालन भएको योजनाहरुको फाइलहरु समेत अध्यन गरेको बताइएको छ । गाउँपालिका कार्यालयको कर्मचारी तथा जनप्रतिनिधिहरुको मिलोमतोमा बिभिन्न योजनाहरुमा चरम भ्रष्टाचार भएको प्रमाणहरु फेला पारेको स्रोतले जनायो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उप–सचिव एवम् सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले कालिकामाई गाउँपालिले संचालन गरेको विकासे योजना, कर्मचारी भर्ना, सम्मान कार्याक्रम, धारा जडान कार्यक्रम, आइसुलेशन, नदी सफाई तथा सडक ढलान आदीको बिषयमा धेरै उजुरी परेको तथा आवश्यक कागजातहरु माग गर्दा गाउँपालिकाले समयमा नपठाई दिएको एवम् ताकेता गर्दा समेत सम्पर्कमा नआएपछि विज्ञ सहितको टोली छानविनको लागि गाउँपालिकाको कार्यालयमै पुगेर छापामारी गरेको हुन ।

उनले केही योजनाहरुको कागजात टोली कार्यालयबाट संकलन गरेको वताउँदै उजुरीहरु उपर अनुसन्धान भइरहेको बताउँदै दोषी देखिएको खण्डमा भ्रष्टचारमा संलगन कर्मचारी तथा जनप्रतिनिधिहरु उपर कानुनी कारवाही गरिने यता गाउँपालिकाको कार्यालयमा अख्तियारको टोली पुगे पछि कर्मचारी तथा जनप्रतिनिधिहरु बिच खैलाबैला मच्चिएको थियो ।

अनुसन्धानको क्रममा केही कर्मचारी, ठेकेदार तथा जनप्रतिनिधिहरु अख्तियारको फन्दामा जाने निश्चित भएपछि जनप्रतिनिधि र कर्मचारीहरुमा त्रास बढेकोे छ । पछिल्लो समय प्रदेश २ अख्तियारले सक्रियता देखाएको हो ।

प्रकाशित : २०७८ आश्विन १३, बुधबार ०५:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ