माओवादी नेता बर्षमान उपचार गराउन थाइल्याण्ड प्रस्थान


काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । नेता पुन बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेका हुन् ।

जण्डिसको वंशानुगत समस्या भएका पुन केही समयदेखि बिरामी रहनुभएको उहाँको सचिवालयले जनाएको छ । यसअगाडि सुमेरु अस्पतालमा उपचार गराएका पुनलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ ।

पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका छन् । चिकित्सकहरूकै सल्लाह अनुसार उनलाई थाइल्याण्ड लैजान लागिएको सचिवालयले जनाएको छ।

नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी छन् । नेताहरु उपचार गराउनका लागि विदेश जाँदा सामाजिक सञ्जालमा व्यापक आलोचना हुने गरेको छ ।

प्रकाशित : २०७८ आश्विन १३, बुधबार ०८:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ