Breaking- जनकपुरमा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यू


जनकपुरधाम : धनुषाको औरही गाउपालिका र जनकपुरधाम उपमहानगरपालिका १८ को सिमामा पर्ने खोल्सामा मोटरसाइकल खस्दा तीन जनाको मृत्यू भएको छ ।

आज दिउसो ज ९ प १९८२ नम्बरको मोटरसाइकल खोल्सामा खस्दा तीन जनाको मृत्यू भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार उपचारका लागि जनकपुर ल्याउने क्रममा बाटोमै तीनै जनाको मृत्यू भएको छ ।

मृतक तीनैजना एउटै मोटरसाइकलमा सबार थिए । लाइसेन्सको आधारमा मृतकमध्ये जनकपुरका कुनाल कुमार साहको मात्र पहिचान खुलेको छ । अन्य दुई जनाको पहिचान खुलेको छैन् ।

मृतकहरुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन १३, बुधबार १७:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ