आजको संसद् बैठकमा पनि एमाले सांसदको अवरोध


काठमाडौं : प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेसम्म संसद्मा अवरोध कायमै रहने जनाएको छ ।

एमालेले माधवकुमार नेपालसहितका सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालय र निर्वाचन आयोगमा बुझाएको थियो । एमालेले माधव नेपालसहितका सांसद बैठकमा उपस्थित हुन नदिए मात्र बैठक चल्न दिने भनेको छ । एमालेले लगातार संसद् बैठक अवरोध गर्दै आइरहेको छ ।

एमालेका सांसदहरुले आज पनि सभामुखको भूमिकामा प्रश्न उठाउँदै नाराबाजी गरेका छन् । उनीहरुले सभामुखले बैठक सुरु भएको जानकारी गराउने बित्तिकै रोस्टम घेराउ गर्दै अवरोध गरेका हुन् ।

प्रकाशित : २०७८ आश्विन १४, बिहीबार १३:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ