आन्दोलनको उपलब्धी : राजर्षि जनक विश्वविद्यालयमा आईतवारदेखि कक्षा सञ्चालन हुने


जनकपुरधाम : जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालय क्याम्पस आईतबारदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्ने सूचना जारी गरेको छ ।

१५ दिनसम्म लगातार विद्यार्थी आन्दोलन गरेपछि क्याम्पसले भौतिक रुपमा कक्षा सञ्चालन गर्ने सूचना जारी गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा सञ्चालन गर्ने विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

विश्वविद्यालय क्याम्पसमा सञ्चालित शैक्षिक कार्यक्रम बीपीएच दोस्रो सेमेष्टर, बीएसी सीएसआइटी दोस्रो र चौथो सेमेष्टरको प्रयोगात्मक परीक्षा सञ्चालनमा रहेको हुँदा सो बाहेकका सम्पूर्ण शैक्षिक कार्यक्रमहरुको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने बताइएको छ ।

कोरोना संक्रमणका कारण भएको लकडाउनका बेला कलेज बन्द भएको थियो । तर संक्रमणको जोखिम कम भएपनि क्याम्पस भौतिक रुपमा सञ्चालन नगरेको भन्दै विद्यार्थी आन्दोलन सुरु गरेका थिए ।

प्रकाशित : २०७८ आश्विन १५, शुक्रबार ११:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ