पानीको बोतलमा पनि ओलीको फोटो


काठमाडौं : नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपीशर्मा ओलीको फोटो रहेको पानीको बोतल वितरण गरिएको छ । उक्त पानीको बोतलको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
एमाले विधान महाधिवेशनको लोगोसहित अध्यक्ष ओलीको फोटो राखिएको पानीको बोतल महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई हलभित्र वितरण गरिएको छ । उक्त पानीको बोतल गोदावरी मिनरल वाटर प्रोडक्ट कम्पनीले उत्पादन गरेको छ ।
ओलीको फोटो राखिएको १ लिटरको पानीको बोतल प्रत्येक प्रतिनिधिलाई वितरण गरिएको छ । महाधिवेशन अवधिभर सबै प्रतिनिधिले प्रयोग गर्नेछ ।
कार्यक्रमको सुरुमै एमाले केन्द्रीय कार्यालयका सचिव समेत रहेका शेरबहादुर तामाङले पानी खान वितरण गरिएको उक्त बोतल आफ्नै झोलामा राख्न भनेका थिए ।
प्रकाशित : २०७८ आश्विन १५, शुक्रबार १५:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ