ओलीले लगाए मधेसी दलहरुमाथि गम्भीर आरोप


काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणका क्रममा मधेसकेन्द्रित दलहरूले बाह्य हस्तक्षेपको माग गरेको खुलासा गरेका छन् ।

शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा पार्टीको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो खुलासा गरेका हुन् ।

२०७२ असोज ३ गते विभिन्न बाह्य हस्तक्षेपका बाबजुद पनि एमालेको निर्णायक भूमिकाका कारण पनि सफल रुपमा नेपालको संविधान जारी भएको अध्यक्ष ओलीले दावी गरेका छन् ।

उनले भनेका छन्, ‘संविधान निर्माणका क्रममा मधेसवादी दलहरूले बाह्य हस्तक्षेपको माग गरे । कांग्रेस र माओवादीका कतिपय नेता हिंसा फैलाउने काममा लागेको पाइयो ।’

प्रकाशित : २०७८ आश्विन १५, शुक्रबार २१:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ