जनकपुरका नीजि विद्यालयले बन्दाबन्दी समयका ३ महिनाको शुल्क मिनाहा गर्ने


जनकपुरधाम : जनकपुरधामस्थित नीजि बिद्यालयले कोरोना संक्रमणको त्रासले भएको बन्दाबन्दीको समस्यालाई मध्येनजर गर्दै विद्यार्थीको तीन महिनाको सम्पुर्ण शुल्क मिनाहा हुने भएको छ ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको उपस्थितिमा नीजि संस्थागत विद्यालयको छाता संगठनहरु प्याबसन, एनप्याब्स तथा मधेश प्याब्सनका पदाधिकारी सहभागि भएको बैठकले तीन महिनाको मासिक शुल्क, यातायात, छात्रावास लगायतको सबै शुल्क पुर्णतः मिनाहा गरिएको निर्णय भएको जउनपाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तिमा भनिएको छ- कोभिड –१९ दोश्रो चरणको लहरमा भएको बन्दाबन्दीले अभिभावकहरु मारमा परेको मध्येनजर गर्दै विद्यार्थीहरुको गत जेष्ठ , असार र श्रावण महिनाको सम्पुर्ण शुल्क मिनहा गरिने भएको छ ।

प्रकाशित : २०७८ आश्विन १६, शनिबार ०७:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ