कम्युनिष्ट, मधेसवादी र राप्रपा मिलेपनि हामी एक्लै बहुमत ल्याउँछौं : गगन थापा


काठमाडौं : नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आगामी निर्वाचमा कम्युनिष्ट, मधेसवादी र राप्रपा मिलेपनि काँग्रेस एक्लैले बहुमत ल्याउने दावी गरेका छन् ।

काठमाडौं महानगरपालिकाको काँग्रेस अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता थापाले आगामी निर्वाचनमा काँग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारे । उनले त्यसका लागि केही ध्यान दिनुपर्ने पनि औल्याए ।

‘काँग्रेस कसैसँग मिलेर चुनावमा जाने होइन । कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्ने होइन,’ उनले भने, ‘उनीहरू मिले पनि जित्न सक्छौँ । त्यसको लागि हामीले पनि ध्यान दिएर लाग्नुपर्छ ।’

उनले थपे, ‘काँग्रेसले आगामी निर्वाचनमा कोहीसँग तालमेल गर्दैन । एक्लैले बहुमत ल्याउँछ ।’ नेता थापाले काँग्रेसमा सुद्धिकरणको आवश्यता रहेको पनि औंल्याए ।

अहिलेकै अवस्थामा नेपाली काँग्रेसले देशको नेतृत्व गर्न नसक्ने बताए । अहिलेको अवस्थामा रहेन नेपाली काँग्रेसलाई जनताले भरोसा नगर्नेसमेत उनको भनाइ छ ।

प्रकाशित : २०७८ आश्विन १६, शनिबार १५:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ