अहिलेसम्म मन्त्रिमण्डलले पूर्णता नपाउनु दुःखद् : निधि


काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार बनेको लामो समयसम्म मन्त्रिमण्डलले पूर्णता नपाउनु देशका लागि चिन्ताको विषय भएको बताएका छन् ।

गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा निधिले मन्त्रिमण्डलले पूर्णता नपाउदा सरकारप्रति निराशा बढ्ने खतरा रहेको र देशका लागि चिन्ता र दुखको विषय भएको बताएका हुन् ।

उनले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र गठबन्धन दलहरूले छिटो मन्त्रिमण्डललाई पूर्णता दिन सक्रियता देखाउनुपर्ने धारणा राखे । मलुकमा चुनाव आउन केही समयमात्र बाँकी रहेको अवस्थामा मन्त्रिमण्डलले पूर्णता नपाउनुले त्यसको असर चुनावमा पर्ने उनले बताए ।

निधिले आगामी चुनावमा गठबन्धनको स्वरूप र योजना पनि जनतामाझ लग्नुपर्ने जिकिर पनि गरे । उनले कांग्रेस जनताले विश्वास गरेको पार्टी भएको भन्दै सरकारमा रहेका बेला जनताको आशालाई निराशामा बदल्न दिन नहुने बताए ।

प्रकाशित : २०७८ आश्विन १६, शनिबार २०:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ