सबैलाका मेयर साह र कर्मचारीविरुद्ध भैंसी जुलुस, भ्रष्टाचार गरेको आरोप


टुडेखोज, जनकपुरधाम : भ्रष्टाचार गरेको आरोप लगाउँदै धनुषाको सबैला नगरपालिकाका मेयर बिजय शंकर साह र कर्मचारी विरुद्ध नगरबासीले भैंसी जुलुस निकालेका छन् ।

भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिको पदाधिकारीले विभिन्न शिर्षकमा सूचना माग गर्दै विगत १४ दिनदेखि अनसन जारी राखेका छन् । उनीहरुको समर्थनमा नगरबासीले आज मेयर साह र कर्मचारीहरु विरुद्ध भैंसी जुलुस निकालेका हुन् ।

सूचना माग गर्दा पनि भैंसी जस्तै मौन मेयर साह, प्रमुख प्रशासकिय अधिकृत बलबिर ठाकुर, लेखा अधिकृत शिव कुमार झा र इन्जिनियर रञ्जित यादव मौन बसेकाले उनीहरु विरुद्ध सांकेतिक रुपमा भैंसी जुलुस निकालेको बताइएको छ । जुलुसमा सहभागीहरुले मेयर र कर्मचारीहरु विरुद्ध नाराबाजी समेत गरे ।

मेयर र कर्मचारीको मिलोतोमा नगरपालिकामा व्यापक भ्रष्टाचार भएकोले सूचना माग गरिएको र सूचना उपलब्ध गराउन आनाकानी गरेकाले अनसन बसेको भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समितिका संयोजक सुरेश यादवले बताए । उनले सूचना नदिएसम्म अनसन जारी राख्ने पनि बताए ।

प्रकाशित : २०७८ आश्विन १७, आईतवार ११:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ