अख्तियारविरुद्ध प्रदर्शन गर्न गाउँ-गाउँबाट जसपा कार्यकर्ता जनकपुर आउँदै


टुडेखोज, जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोग विरुद्ध प्रदर्शन गर्न जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ता गाउँ गाउँबाट जनकपुरधाम आउन थालेका छन् ।

जनकपुरधामसहित प्रदेश २ का आठै जिल्लाको सदरमुकाममा जसपा कार्यकर्ताले अख्तियार विरुद्ध प्रदर्शन गर्न लागेका हुन् । बेटी बचाऊ, बेटी पढाऊ अभियान अन्तर्गत भएको साइकल खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेपछि सत्तारुढ जसपा आन्दोलित बनेको छ ।

संघीयता समाप्त पार्न र सरकारलाई बदनाम गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारले छापा मारेको जसपाको ठहर छ । जसपाले शनिवार साँझ यस प्रदेशका आठै जिल्ला सदरमुकाममा मशाल जुलुस निकाल्दै अख्तियार प्रमुख प्रेमकुमार राइको राजीनामा मागे ।

आज दिउँसो प्रदेश २ का सबै जिल्लाका सदरमुकाममा जसपा प्रदर्शन गर्ने तयारी गरेको छ । भ्रष्टाचार गरेका मुख्यमन्त्री राउतलाई बचाउन जसपा आन्दोलनको साहारा लिएको भन्दै सामाजिक सञ्जालमा व्यापक टिकाटिप्पणी भइरहेको छ ।

प्रकाशित : २०७८ आश्विन १७, आईतवार १३:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ