सर्लाही प्रहरीले बृक्षारोपन गरेर मनाए ६६ औं प्रहरी दिवस


टुडेखोज, सर्लाही : ‘६६ औं प्रहरी दिवसको’ अवसरमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको कार्यालय परिसर तथा मातहत समेत गरी ६० वटै युनिटहरुमा वृक्षारोपण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको परिसरभित्र कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको उपस्थितीमा र मातहत प्रहरी कार्यालयहरुमा सिनियर÷जुनियर प्रहरी अधिकृतहरुको उपस्थितिमा वृक्षारोपण गरिएको हो । कार्यालयहरुमा विभिन्न प्रजातिका १५० वटा बिरुवा बृक्षारोपण गरिएको बताइएको छ ।

नेपाल प्रहरीको ६६ औ प्रहरी दिवसको अवसरमा वृक्षारोपण अभियान संचालन गरी यसको संरक्षण, सम्वर्धन समेत गरी वातावरणलाई सफा, स्वच्छ, सुन्दर तथा सन्तुलन बनाउने कार्यमा निरन्तर प्रयत्नरत रहने प्रहरी प्रमुख एसपी राठोरले प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित : २०७८ आश्विन १८, सोमबार ११:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ