नयाँ थिमको यामाहा RX-100 फेरी बजारमा आउँदै


काठमाडौं : यामाहाको आइकोनिक मोटरसाइकल ‘आरएक्स १००’लाई पुनः बजारमा ल्याउने तयारी गरेको छ । आधुनिक लुक्स र प्रविधि जडान गरेर ल्याउने यामाहाले आरएक्स १०० मोटरसाइकल पुनः बजारमा ल्याउने खबर सार्वजनिक भएको हो ।

कुनै समय एकछत्र राज गरेको आरएक्सको नयाँ संस्करणमा १५५ सीसी क्षमताको इन्जिन हुने मिडिया रिपोर्टहरुमा उल्लेख छ । करिब २० वर्ष बजारमा राज गरेको आरएक्स १०० मोटरसाइकल अहिले नेपालमा पनि धेरैले आफ्नो ग्यारेजमा सजाएर राखेका छन् ।

यामाहा इन्डियाले नयाँ आरएक्स १०० को तस्बिर समेत सार्वजनिक गरेको छ । तस्बिरमा झट्ट हेर्दा हस्कभर्ना भिटपिलियन २५० जस्तै देखिएको छ । नयाँ थिम र लुक्समा बजार ल्याउन लागिएको आरएक्स १०० मोटरसाइकलले पुनः धेरैको मन जित्ने अपेक्षा गरिएको छ ।

कम्पनीले आधिकारिक पुष्टी नभए पनि नयाँ आरएक्स १५ नामबाट यामाहाले बजारमा ल्याउने तयारी गरेको छ । यसमा आर १५ को इन्जिन प्रयोग हुन सक्ने अनुमान गरिएको छ । आर १५ मा प्रयोग भएको १५५ सीसी क्षमताको इन्जिनले १८.४ पिएस पावर र १४.२ एनएम टर्क प्रदान गर्छ ।

प्रकाशित : २०७८ आश्विन १८, सोमबार १२:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ