लोसपा प्रदेश २ संसदीय दलको बैठक सुरु, मुख्यमन्त्री राउतको राजीनामा माग्ने


टुडेखोज, जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको बैठक बसेको छ । जनकपुरस्थित प्रदेशसभामा रहेको दलको कार्यालयमा बैठक बसेको हो ।

भ्रष्टाचारको आरोप लागेपछि मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने निर्णय गर्न लोसपा दलको बैठकमा छलफल भइरहेको बुझिएको छ । एक साँसदले भने, ‘असोज २० गते राखिएको प्रदेशसभा बैठक अवरद्ध गर्ने र मुख्यमन्त्रीको राजीनामा माग्ने विषयमा बैठकमा छलफल चलिरहेको छ ।’

साइकल खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधवार छापा मारेको थियो । अख्तियारको टोलीले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । तर छापामारीको सत्तारुढ जसपा आन्दोलित बनेको छ ।

असोज २० गते बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने बताइएको छ । तर उक्त बैठक अवरुद्ध गर्ने र मुख्यमन्त्री राउतको राजीनामा माग्ने लोसपाले तयारी गरेको छ ।

प्रकाशित : २०७८ आश्विन १८, सोमबार १४:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ