धनुषा प्रशासनका नासु चौधरीविरुद्ध मुद्दा दायर, घुस लिएर नागरिकता बनाएको आरोप


काठमाडौं : नागरिकता प्रतिलिपि दिँदा घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय धनुषाका नायब सुब्बा उमेशकुमार चौधरीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

गत भदौ २२ गते साढे ८ हजार घुससहित पक्राउ परेका चौधरीलाई अनुसन्धानको क्रममा भ्रष्टाचार भएको ठहरसहित मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

नासु चौधरीले जन्ममिति सच्याइ नागरिकता प्रतिलिपि बनाउने गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । नासु चौधरीमाथि अख्तियारले लामो समयको अनुसन्धान पश्चात मुद्दा दायर गरेको बुझिएको छ ।

प्रकाशित : २०७८ आश्विन १८, सोमबार १४:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ