पूर्वयुवराज पारसको निवासमा चोरी, एक जना पक्राउ


काठमाडौं : पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकसाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरमा चोरी भएको हो ।

चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् । शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको थियो ।

गौतमले पोखराबाट सामान चोरेर काठमाडौँ ल्याएको खुलेको छ । तर चोरीको समान भने प्रहरीले फेला पार्न नसकेको बुझिएको छ । काठमाडौँबाट खटिएको टोलीले पक्राउ गरेर गौतममाथि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २०७८ आश्विन १८, सोमबार १८:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ