सिरहा प्रहरीले समात्यो चिट्ठा परेको भन्दै लाखौं रुपैयाँ ठग्ने व्यक्तिलाई


जयनाथ यादव, सिरहा : चिट्ठा परेको भन्दै झुक्याएर लाखौं रुपैया ठगी गरेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका ८ का ३४ वर्षीय दिपेन्द्र दास छन् ।

इमो, म्यासेन्जर, ह्वाट्स एप र भाइबर मार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी चिट्ठा परेको भन्ने र कर तिरेपछि चिट्ठा परेको रकम बैंकमा जम्मा गरिदिने भन्दै ठगी गर्दै आएका थिए दास । प्रहरीमा पीडितले उजुरी दिएपछि उनी पक्राउ परेको बताइएको छ ।

दासले ८ लाख ६५ हजार रुपैया ठगी गरेको प्रहरीले जनाएको छ । उनीमाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको सिरहा प्रहरीको भनाई छ ।

प्रकाशित : २०७८ आश्विन १८, सोमबार २०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ