प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिर क्षेत्रको सरसफाई


टुडेखोज, महोत्तरी : ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा महोत्तरीको जलेश्वरमा रहेको प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिर क्षेत्रमा आज बृहत सरसफाई गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको आयोजनामा मन्दिर क्षेत्रमा सरसफाई गरिएको हो । प्रहरी प्रमुख एसपी दिनेश कुमार आचार्य, डिएसपी प्रकाश विष्ट, इन्सपेक्टर सुनिल धाँजु लगायत र अन्य सकल दर्जाका प्रहरी कर्मचारीले सरसफाई गरेका छन् ।

जिल्लाका अन्य ४० वटा प्रसिद्ध मठमन्दिरहरुमा समेत मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुद्वारा सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित : २०७८ आश्विन १९, मंगलवार १३:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ